दार्चुला । ऐतिहासिक गोकुलेश्वर मेला जारी रहेको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वरमा फागुन १४ गते महाशिवरात्रिको दिनदेखी लागेको मेलाको चौथो दिन हिजोअस्तीको तुलनामा आज मेला अवलोकन गर्नेहरुको सख्यामा बुद्धि भएको छ ।
बिहिवार देखीको निरन्तर वर्षाले प्रभावित गोकुलेश्वर मेलामा आज भने सामान किनबेच गर्ने तथा मेला अवलोकन गर्नेहरुको घुइचो लागेको गोकुलेश्वरबाट प्रभा ब्युटिपार्लरका सञ्चालक राजेन्द्र साउँदले रेडियो लोकदर्पणलाइ जानकारी दिनुभयो ।
वर्षाका कारण शुक्रवार (हिजोे) स्टलहरुमा पानी पस्दा लाखौँ मुल्यको समान सखाप भएको थियो । वर्षा रोकिएसगै व्यापारीहरुले आज फेरी स्टलहरु थापेर व्यापारीहरुले व्यापार गरिरहेका छन् । मेलामा विभिन्न धातुका भाडाकुडाहरुका साथै फलामबाट बनेका हँसिया, बन्चरो, कोदालीहरु समेत विक्रिवितरण भएका छन् । व्यासी शौका समुदाय र तिब्बती मूलका व्यापारी समेत गोकुलेश्वर मेलामा उनबाट बनेका लुगाकपडाको व्यापार गर्न गोकुलेश्वरमा छन् । घुसा तथा खण्डेश्वरीका व्यापारीहरुले मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गरिरहेका छन् ।
मेलामा जुम्ली मूलका घोडा, खच्चरहरुको समेत बिक्रि,बितरण भइरहेको डिलासैनीका स्थानीय युवा प्रदिप कुमार जोशीले जानकारी दिनुभयो ।
यस्तै बैतडीको डिलासैनी गाउँपालिकाले हरिनगर क्षेत्रमा कृषि प्रद्धर्शनी मेला सञ्चालनमा ल्याएको छ । दार्चुलामा अहिले पनी हल्का वर्षा भइरहेको छ ।





प्रतिक्रिया