धारचुलाको नजाङ्ग पहिरोमा परी नौगाडका सन्तोष ठगुन्नाको मृत्यु, ५ जना घाइते

दार्चुला । भारतको धारचुला नजाङ्गमा पहिरोमा परी दार्चुलाका एक जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडा (रैचु) का २० वर्षीय सन्तोष सिंह ठगुन्नाको ज्यान गएको हो । शनिवार (आज) दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएको नौगाडबाट स्थानीय जयभान सिंह धामीले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

घाइते हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का गणेश सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् भने एक जना भारतीयको भने पहिचान खुल्न सकेको छैन् ।। उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर रहेको बताइएको छ। पसलमा बसिरहेको अवस्थामा पहिरो आएको थियो ।

पहिरोमा पुरिएका उनीहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्याइएको धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?