दार्चुलाको लेकम गाउँपालिकाले गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले गाउँपालिकाको उत्कृष्ट प्रतिक चिन्ह,(लोगो) निर्माण गर्नेलाइ पुरस्कार दिने भएको छ ।

गाउँपालिकाको ऐतिहासिक , प्राकृतिक, सामाजिक सास्कृतिक, एंव विशिष्ट मौलिकता झल्किने प्रतिक चिन्ह,(लोगो) निर्माण गर्नेलाइ पुरस्कार दिने भएको हो ।

गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै गाउँकार्यपालिकाको माघ १९ गतेको निर्णयअनुसार उत्कृष्ट प्रतिक चिन्ह,(लोगो) निर्माण गर्नेलाइ पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने निर्णय गरेको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) बनाउन इच्छुक व्यक्ति, र्फम वा संस्थाले २१ दिनभित्र निश्चित सर्तमा रही डिजाइन गरेको (लोगो) गाउँपालिकामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?