दार्चुला । दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ । हालसम्म जिल्लाका चार वटा स्थानीय तहहरुमा मूल टोलीको कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका बाट सुरु भएको मूल टोलीको कार्यक्रम लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका र अपिहिमाल गाउँपालिकामा कार्यक्रम गर्दै आज मार्मा गाउँपालिका पुगेको छ । आइतवार (आज) मार्मा गाउँपालिका वडा नम्बर २ लाम्बगडमा मूल टोलीको कार्यक्रम अन्तरक्रिया गर्दै सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष दिपक बहादुर सिंहको अध्यक्षता एंव एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशी, जिल्ला उप–सचिव कमला बिष्ट, पार्टी सचिवालय सदस्य एंव मार्मा गाउँपालिका इन्चार्ज खेमराज जोशी लगायत नेता कार्यकर्ताको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
यस्तै भोली वडा नम्बर ४ को तपोबनमा कार्यक्रमको आयोजना गरिएको छ । हालसम्म सम्पन्न कार्यक्रमहरुमा युवाहरुको सक्रिय सहभागीता रहेको र पार्टीमा जोडिनेहरुको सख्या बढदो क्रममा रहेको केन्द्रीय सदस्य हरदेब जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया