एमाले दार्चुलाको पाँचौं सचिवालय बैठक बलाँचमा, वडा केन्द्रीत अभियानको मध्यावधि समिक्षा

दार्चुला । नेकपा (एमाले) दार्चुलाको पाँचौं सचिवालय बैठक शैल्यशिखरको वडा नम्बर १ बलाँचमा बसेको छ । नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारीसहित सचिवालय सदस्यहरु, लेखा कमिटी जिल्ला अध्यक्ष, नगरपालिका र गाउँपालिका कमिटी अध्यक्षहरु लगायतको आतिथ्य तथा उपस्थिति रहेको छ ।

बैठकमा नेकपा एमालेले सञ्चालन गरेको तीन महिने वडा केन्द्रीत अभियानको मध्यावधि समिक्षा गरिएको छ । तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत नै बैठक बसेको र बैठकले आवश्यक विभिन्न निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।

एमालेले तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत जिल्लाका अधिकासं वडामा जरा केन्द्रीत कार्यक्रम गरेको जनाएको छ । वडा केन्द्रीत कार्यक्रमहरुमा जिल्लाभरीका जेष्ठ तथा पार्टीमा लामो समय योगदान गरेका कार्यकर्तालाई सम्मान गर्नुका साथै नवप्रवेशीलाई स्वागत गर्ने क्रम निरन्तर चलिरहेको जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

बैठकमा पालिका कमिटीका गतिविधिहरुको समिक्षा गर्दै आगामी योजनाका बारेमा समेत छलफल गरिएको छ । बैठकका प्रमुख अतिथि तथा प्रमुख वक्ता पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले अहिले भइरहेका बैठक, छलफल, भेटघाटलाई निरन्तरता दिदै जनाताको घरदैलोमा पुग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?