दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा फागुन १८ गतेबाट सुरु भएको निःशुल्क पशु स्वास्थ्य शिविर जारी रहेको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाका ६ वटै वडाहरुमा शिविर सञ्चालन हुने गाउँपालिकाका कृषि तथा पशुपन्छी शाखा अधिकृत प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।
जसअन्र्तरगत वडा नम्बर ५ र ६ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ मा सम्पन्न शिविरबाट ४० जना र ६ मा सम्पन्न शिविरबाट १०० जना पशुधनीहरुलाई औषधी बितरण गरिएको उहाँले बताउनुभयो । आज वडा नम्बर ४ को सिप्टीमा शिविर जारी रहेको छ ।

नौगाड गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ लाख बजेटमा पालिकाभरीका पशुपालक किसानका पशुपन्छीहरुमा देखिएका तथा सम्भावित रोगहरुको पहिचान गरी निदान गर्ने उद्धेश्यसहित शिविर सञ्चालन भइरहेको पशुपन्छी शाखा प्रमुख भरत सिंह बस्नेतले जानकारी दिनुभयो ।

शिविरमा पशु विषेशज्ञ डाक्टर नरेन्द्र प्रशाद भट्टले पशुहरुको चेकजाँच सहित औषधि बितरण गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै भोली वडा नम्बर ३ को कार्यालय खारमा शिविर सञ्चालन हुने भएको छ । बिहिवार वडा नम्बर २ सुण्डमुण्ड र शुक्रवार वडा नम्बर १ को कार्यालय इयरकोटमा शिविर सञ्चालन हुने भएकाले सेवा लिन पशुधनीहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?