शैल्यशिखर–१ को घरकुणी र शिखर सामुदायिक वनमा जथाभावी वन फडानी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा अवस्थित घरकुणी सामुदायिक वन र शिखर सामुदायीक वनमा स्थानीयहरुले जथाभावी वन फडानी गरिरहेको छन् ।

४० हेक्टर क्षेत्रफल जमिनमा रहेको घरकुणी सामुदायिक वनमा पाईने सल्ला र हर्रोका रुखहरु जथाभावी फडानी भइरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत खडायतले जानकारी दिनुभयो ।

यस विषयमा घरकुणी सामुदायिक वन समिति अध्यक्ष परमा खडायत लाई बुझदा स्थानीयहरुले लुकीछिपी बनजन्य बस्तुहरुको चोरी पैठारी गरिरहेको जानकारी दिनुभयो । आफुले स्थानीय संग पटक, पटक वन फडानी नर्गन अनुरोध गरेको भएपनी वेवास्ता गरेर वन फडानी गरिरहेको उहाँको आरोप छ ।

वन फडानी गर्नेहरुको खोजी कार्य गरेर आवश्यक कार्वाही गरिने समेत वन समिति अध्यक्ष खडायतले बताउनुभयो । स्थानीय शुरेन्द्र खडायतले वन समितिमै सक्रिय रहेका स्थनीयहरुले वन पैठारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार लगत्तै वन समितिको बैठक डाकेर आवश्यक कार्वाही गर्ने बताउनुभएको छ ।

यस्तै वडा नम्बर १ कै शिखर सामुदायिक वन थालामा पनी जथाभावी वन फडानी भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?