दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी एक जना घाईते हुनुभएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
जोशीले चलाएको सु प प्र ०१२ प ९८१५ नम्बरको मोटरसाइकल मालिकार्जुन गाउँपालिकाको थकतोलीमा सोमवार (हिजो) चिप्लिएर दुर्घटना भएको उहाँले बताउनुभयो । घाईते जोशीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको बताइएको छ ।
जोशीको खुट्टा र कम्मरमा चोट लागेको पारिवारीक स्रोतले जनाएको छ ।





प्रतिक्रिया