च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

दार्चुला । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ ।

न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा पुग्यो । दुई पटकको उपाधि विजेता भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

भारतले आज हुने दोस्रो सेमिफाइनलको विजेता टोलीसँग उपाधिको लागि आइतवार खेल्नेछ । फाइनल खेल दुबईमा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?