दार्चुला । राष्ट्रिय युवा संघ नेपाल लेकम गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । लेकमको वडा नम्बर ५ चौपातामा सम्पन्न अधिवेशनबाट सोवान सिंह खत्रीको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरिएको छ ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा भूपेन्द्र पाल, सचिवमा कमला रैखोला, उपसचिवमा वीर सिंह कार्की र जनक बोहरा, कोषाध्यक्षमा सुनिता जोशी चयन हुनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल लेकम गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष दुर्गादत्त जोशीको अध्यक्षतामा आयोजना भएको दोस्रो अधिवेशनमा नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो । युवा संघका जिल्ला कमिटी उपाध्यक्ष ललित सिंह खत्रीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण दत्त जोशी, जिल्ला कमिटी सदस्य अमरसिंह कार्की र फुलुरी खत्री, पालिका कमिटी सचिव पदमराज जोशी, उपसचिव अनिता जोशी, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष भरत सिंह ठगुन्ना, जनप्रतिनिधि, समाजसेवी र राष्ट्रिय युवा संघ आवद्व कार्यकर्ताहरूको आतिथ्यता तथा उपस्थिति रहेको थियोे ।
अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण पछिको पहिलो बैठक चौपातामा बसी विभिन्न निर्णय गरिएको राष्ट्रिय युवा संघका जिल्ला कमिटी उपाध्यक्ष ललित खत्रीले बताउनुभयो ।





प्रतिक्रिया