दार्चुलामा जिप दुर्घटनामा परि घाइते भएका चालक महेश भुलको मृत्यु, दुई जना घाइते

दार्चुला ।  दार्चुलामा जिप दुर्घटनामा परि गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

बुधबार (आज) दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाभन्ने ठाँउमा सु.प.प्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परि गम्भीर घाइते भएका महाकाली नगरपालिका वडा नम्बर २ का २५ बर्षीय जिप चालक महेश भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको उहाँले बताउनुभयो ।

दुुर्घटनामा परि घाइते भएका अन्य दुई जना महाकाली नगरपालिका वडा नम्बर २ घर भएका १५ बर्षीय सागर भुल र ३ बर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?