लेकम गाउँपालिकाको  १६औँ गाउँसभा उद्घाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको १६औँ गाउँसभा उद्घाटन गरिएको छ ।

विहिबार (आज) गाउँपालिकाको सभाहलमा १६औँ गाउँसभाको उद्घाटन गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश सिंह थापाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अम्बादत्त जोशी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र स्थानियहरुको सहभागिता रहेको छ।

गाउँसभामा १५औं गाउँसभाले पारित गरेको बजेटको कार्यान्वयनको अवस्थाबारे उपाध्यक्ष माधवी जोशीले जानकारी सहित आर्थिक प्रस्ताव प्रस्तुत गर्नुभयो । गाउँपालिका अध्यक्ष रामदत्त जोशीले १५औं गाउँसभाबाट पारित बजेट नै घाटा बजेट भएकोले नयाँ कुनैपनि योजनामा बजेट विनियोजन गर्न नसकिने र योजनाको नाम संशोधन तथा केही योजनाको रकमान्तरको मात्रै १६औं गाउँसभाबाट गरिने बताउनुभयो । धेरै निर्माण व्यवसायी र उपभोक्ता समितिले गरेका कामको भुक्तानी दिन समेत प्रयाप्त बजेट मौज्दात नरहेकाले भुक्तानी बाकी रहने रकम आगामी आर्थिक वर्षको बजेटबाट भुक्तानी गरिने उहाँले बताउनुभयो ।

गाउँसभाको बन्द सत्रमा विविध समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?