दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले गोल्डेन ह्रयाण्डसेक प्याकेज सञ्चालन गर्ने भएको छ ।
लेकम गाउँकार्यपालिकाको कार्तिक ८ गतेको निर्णयअनुसार गाउँपालिकाको विद्यालय समायोजन तथा शिक्षक दरवन्दी मिलान अन्र्तरगत अशोज ८ गते सञ्चालित सहजकर्ता शिक्षक तथा कर्मचारी छनोट परीक्षामा सहभागी भई अनुत्तिर्ण भएका तथा परीक्षामा समावेश नभएका चैत्र मसान्तसम्म गणना भएका शिक्षक तथा कर्मचारीहरुलाई उक्त प्याकेजमा समावेश गराईने गाउँपालिकाले जनाएको छ ।
कर्मचारी गोल्डेन कार्यविधि २०८१ अनुसार गोल्डेन ह्यान्डसेक प्याकेज बितरण गरिने बताइएको छ उक्त प्याकेजमा सहभागी हुन चैत्र ७ गते भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न सूचित गरिएको छ ।





प्रतिक्रिया