दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१। ८२ को पहिलो र दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम फागुन २५ गते (भोली) सञ्चालन हुने भएको छ ।
लेकम गाउँपालिकाको आयोजना तथा मालिकार्जुन सामुदायीक संस्था (रेडियो लोकदर्पण) को सहजिकरणमा विहान ११ बजेबाट लेकम गाउँपालिकाको कार्यालय रातामाटामा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सार्वजनिक सरोकारका विषयमा गहन छलफल गरिने भएकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, शिक्षक बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको उपस्थितिको लागि सहजिकरण संस्था र लेकम गाउँपालिकाले अनुरोध गरेको छ ।





प्रतिक्रिया