प्रधानमन्त्री ओली सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (भोली) सुदूरपश्चिम आउने भएका छन्।

सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।

ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित भइरहेका छन्। ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?