महिला दिवस दार्चुलाका सबै स्थानीय तहसहित देश विदेशमा भव्यताका साथ मनाइयो

दार्चुला । सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ ११५औं अन्तर्राष्ट्रिय महिला दिवस दार्चुलाका सबै स्थानीय तहसहित देश विदेशमा भव्यताका साथ मनाइएको छ । जिल्लाका नौँ वटै स्थानीय तह, वडा कार्यालयहरु, विद्यालयहरु, संघ सस्थाहरुमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै नारी दिवस मनाइएको हो । व्याँस, मार्मा, लेकम लगायत सबैजसो पालिकाले भव्य कार्यक्रमको आयोजना गरि दिवस मनाएको बताएका छन् ।

जिल्ला सदरमुकामस्थित खुल्लामञ्चमा प्रभातफेरी र डेउडा खेल लगायत विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाइएको डेउडा समाज दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो। दिवसको अवसरमा डेउडा प्रतियोगिता, नाटक प्रदर्शनी, सडक नाटक लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।

लेकम गाउँपालिकाको आयोजनामा रातामाटामा सम्पन्न कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा एंव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त भट्टसहित कर्मचारी, जनप्रतिनिधि, महिलाहरुको सहभागितामा दिवस मनाइएको छ । लेकम गाउँपालिकाभित्रका ५ वटा वडाहरु तथा विद्यालयहरुमा दिवस मनाइएको बताइएको छ ।

जिल्लाको मार्मा, नौगाड, ब्याँस र अपिहिमाल गाउँपालिकामा मौलिक पोशाकसहित सांस्कृतिक प्रदर्शनी लगायतका कार्यक्रमहरुको आयोजना गर्दै दिवस मनाइएको खबरहरु पाप्त भएका छन् ।

जिल्लाभरीका कार्यक्रमहरुमा महिलाहरुको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्नमा प्रेरित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?