गल्लाकेदार मावि खरकडामा भान्साकोठाको शिलान्यास

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित गल्लाकेदार माध्यमिक विद्यालय खरकडामा भान्साकोठाको शिलान्यास गरिएको छ ।

लेकम गाउँपालिका र आइडीएस नेपालको सयुक्त लगानीमा भान्साकोठा निर्माण हुने गल्लाकेदार माध्यमिक विद्यालय खरकडाका प्रध्यानाध्यापक श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । लेकम गाउँपालिकामा चालु आर्थिक वर्षमा गल्लाकेदार माध्यमिक विद्यालय खरकडा, तमैराज आधारभूत विद्यालय बुढाकोट, तमैराज आधारभूत विद्यालय जोगीकोइराली, हुनैनाथ आधारभूत विद्यालय पिड र हुनैनाथ वालिचन आधारभूत विद्यालय भाटाइजर गरी ५ वटा विद्यालयहरुमा भान्साकोठा निर्माण गरिने उहाँले बताउनुभएको छ ।

गल्लाकेदार माध्यमिक विद्यालय खरकडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश कुवँरको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा शनिवार (हिजो) एक कार्यक्रमका बिच भान्साकोठाको शिलान्यास गरिएको प्रध्यानाध्यापक चौधरीले बताउनुभयो ।

भान्साकोठा शिलन्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहरा, आइडिएस नेपालका जिल्ला संयोजक टेकबहादुर खड्का लगायतको आतिथ्यता र शिक्षक, अभिभावकको उपस्थिती रहेको थियो ।

लेकमको वडा नम्बर ४ मा भान्साकोठाको शिलान्यास र नारी दिवस कार्यक्रम संयुक्त रूपमा मनाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?