चार देशीय महिला टी–२० सिरिजमा नेपालको पहिलो जित

दार्चुला । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो ।

युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा गर्‍यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक १७ रन बनाइन् । सम्झना खड्काले ८, पूजा महतोले १६, कप्तान इन्दु बर्माले ६, रुविना क्षेत्रीले १०, विन्दु रावलले २, रोमा थापाले १, इश्वरी विष्टले ३ र रिया शर्माले ४ रनको योगदान दिए ।

 

बलिङमा युगान्डाका जेनेट म्बाबाजीले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । निष्कलंक नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् । बलिङमा नेपालकी पूजा महतोले ३ र कप्तान इन्दु बर्माले २ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपालले नामिबियासँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?