देवथलीका महिलाहरुद्धारा मोटरसाइकल दुर्घटनामा घाईते भएका जोशीलाई आर्थिक सहयोग

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथलीका महिलाहरुले नारी दिवसको अवसरमा संकलन गरेको ६ हजार ७ सय ४० रुपैयाँ मोटरसाइकल दुर्घटनामा घाईते भइ उपचाररत रहेका केशब राज जोशीलाई सहयोग गरेका छन् ।

शनिवार (हिजो) हुनैनाथ माध्यमिक विद्यालय देवथलीमा आयोजित नारी दिवसको अवसरमा उक्त रकम संकलन गरिएको स्थानीय मिना जोशीले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य अम्मरा जोशी, हेमा भट्ट, मिना जोशी र मन्जु जोशीको विषेश सक्रियतामा उक्त रकम संकलन गरिएको हो ।

फागुन १९ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटनामा परी घाईते भएका जोशीको मेरुडण्डको हड्डी भाचिएको र मिर्गोलाको समेत समस्या भइ डाइलासेस भइरहेको छ । उहाँको उपचारमा आर्थिक समस्या भएको र सहयोग गर्न सम्र्पुणमा अपिल गरिएको छ । सहयोग गर्न इच्छुकले राजु प्रशाद जोशीको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर २९७०५३०००००४५१ अर्थात क्यूआर मा सहयोग गरिदिन अपिल गरिएको छ । हालसम्म आर्थिक सहयोग गर्ने सम्र्पुणमा धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?