अपिहिमाल गाउँपालिकाले योजनाहरुको अनुगमन गर्दै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले चालु आर्थिक बर्षमा गाउँपालिकाबाट निर्माण भइरहेका योजनाहरुको अनुगमन गर्दै छ।

गत मंगलबारबाट गाउँपालिका अन्तरगत निर्माण भइरहेका ५ लाख बढीका योजनाहरुको अनुगमन गरिरहेको गाउँपालिका उपाध्यक्ष देवकी बोहराले जानकारी दिनुभयो ।गाउँपालिकाका ६ वटै वडाहरुमा निर्माण भइरहेका योजनाहरुको अनुगमन कार्य भइरहेको अनुगमन समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष बोहराले बताउनुभयो।

अनुगमनको क्रममा योजनाहरु स्टमेट अनुसार निर्माण भए नभएको लगायतका कुराहरु निरीक्षण भइरहेको उहाँले बताउनुभयो । अनुगमन पश्चात निर्माण सम्पन्न भएका योजनाको भुक्तानी गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाका सबै वडाहरुमा ५ लाख भन्दा माथिका गाउँपालिकाबाट निर्माण भइरहेका ६ वटा योजनाहरु रहेका छन। ५ लाख भन्दा कम बजेट भएका योजनाहरुको वडा कार्यालय बाटै अनुगमन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?