दार्चुला। दार्चुलामा हल्का बर्षा भएको छ । हिमाली क्षेत्रमा बर्षासंगै हिमपात भएको छ।
जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा हावाहुरीसंगै हल्का पानी परेको छ भने व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा पानीसंगै हिमपात भएको छ । व्याँस र अपिहिमालको अधिकांश क्षेत्र तथा दुँहु, मार्मा र नौगाडको उच्च लेकाली क्षेत्रमा बर्षासंगै हिमपात भएको हो ।
यो वर्ष हिउँद सकिने बेला भएको बर्षा र हिमपातले किसानलाई थोरै भएपनि राहत पुर्याएको छ । हिउँदमा पानीको अभाव भएपनि हिउँद सकिने बेला बर्षा भएको हो । सिचाइ सुविधा नभएको कतिपय ठाउँमा हिउँदमा वर्षा नभएकोले सुख्खा खडेरी छ, सुक्न बाकी बिरूवा भने पछिल्लो समय भएको बर्षाले हुर्कन पाउने किसानले बताएका छन् । दार्चुलाको अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।





प्रतिक्रिया