वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै

दार्चुला । युगान्डामा चलिरहेको वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरू हुनेछ ।

शृङ्खलामा आज नेपालको चौथो खेल हो । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले हराएको नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग पराजित भयो । नेपालले भोलि घरेलु टोली युगान्डा र पर्सि हङकङसँग खेल्नेछ ।

नेपाल, युगान्डा, नामिबिया र हङकङ सम्मिलित प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?