दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासकीय भवनको ७५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।
२०८० साल जेठ ३० गते निर्माण कम्पनी नमस्कार चाँदनी जेभी कन्सट्रक्सन प्राली संग १० करोड १९ लाख बजेटमा २०८२ जेठ मसान्तसम्म निर्माणकार्य सक्ने गरि सम्झैता भएको थियो । हाल भवनको ढलान र प्लाष्टरको काम सम्पन्न भइ कम्पाउन्ड निर्माण तथा झ्यालढोका लगाउने काम भइरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
कम्पाउन्ड र झ्यालढोकाको काम सकिए लगत्तै टायल र रंगरोगन गरिने उहाँले बताउनुभएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकाका ४ वटा वडा कार्यालयका भवनहरु यो वर्ष सम्झैता गर्ने तयारी रहेको उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया