दार्चुला । दार्चुलामा आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक वर्ष २०८१।८२ को हाल सम्म सवारी दुर्घटनामा परि २६ जनाले ज्यान गुमाएका छन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सो अवधिमा भएका १४ वटा सवारी दुर्घटनामा परि २६ जनाले ज्यान गुमाएका हुन । सोहि अवधिमा ति दुर्घटनामा परि २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यि मानविय क्षती भएका मात्रै दुर्घटना हुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्लामा मानविय क्षती भएका ९ वटा दुर्घटना भएका छन। सो वर्ष ९ दुर्घटनामा परि १४ जनाले ज्यान गुमाएका छन, भने २३ जना घाइते भएका छन ।
त्यस्तै आर्थिक वर्ष २०८०। ८१मा ३ वटा माननविय क्षती भएका ३ वटा सवारी दुर्घटनामा भएका छन। जसमा ३ जनाले ज्यान गएको छ । चालु आर्थिक वर्ष २०८१।८२ को हाल सम्म जिल्ला भरि मानविय क्षती भएका ३ वटा सवारी दुर्घटनामा ९ जनाको ज्यान गएको छ, भने ५ जना घाइते भएका छन । दार्चुला जिल्ला भरि ४ वटा ट्राफिक पोष्ट मार्फत सवारी चेकजाँच हुने गरेको छ।
जिल्ला सदरमुकाम खंलगा सहित गोकुलेश्वर मालिकार्जुन मार्मा र नौगाडमा ट्राफिक प्रहरी पोष्ट रहेका छन। प्रहरीले चेकजाँचमा कडाई गर्ने भन्दै ट्राफिक पोष्ट बढाए पनि सवारी दुर्घटनामा भने कमी नआएको प्रहरीको तथ्याङकले देखाएको छ।





प्रतिक्रिया