महिला टी-२० क्रिकेट: नेपालले अन्तिम खेलमा हङकङलाई ६ विकेटले हरायो

दार्चुला । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो ।सुरुमा ब्याटिङ गरेको हङ्कङले दिएको १०५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाउनुभयो। उहाँले ४३ बलको सामना गर्दा चार चौका हिर्काउनुभयो। कप्तान इन्दु बर्माले ३२ बलको सामना गर्दै १८ रन जोड्नुभयो। रोमा थापा ७ बलको सामना गर्दा मात्र चार रन बनाएर आउट हुँदा बिन्दु रावलले चार बल खेल्दै चार रन मात्र बनाउनुभयो। नेपालका लागि पूजा महतोले नटआउट २६ बलमा २० रन बनाउनुभयो। अलिसा यादवले नटआउट ५ रन बनाउनुभयो।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाउनुभयो। उहाँले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो। करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन बनाउनुभएको थियो।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिनुभयो।

पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो। बिहीबार पाँचौ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?