मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते केशव जोशीको उपचारका क्रममा मृत्यु

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका केशव राज जोशीको उपचारको क्रममा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटना हुदा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते जोशीको उपचारको क्रममा शनिबार (आज) विहान काठमाडौंको ट्रमा हस्पिटलमा ज्यान गएको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेका पत्रकार गणेश धामीले बताउनुभयो । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । बौद्धिक तथा समाजसेवी युवा जोशीको निधनले सिंगो परिवार र शुभचिन्तक स्तब्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?