धनगढीको मोहना नदीमा डुबेर लेकमका दिनेश ओझा सहित २ जनाको ज्यान गयो

दार्चुला । धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ पाती (कोटेरा) घर भएका १५ वर्षीय दिनेश ओझा र धनगढीका १६ वर्षीय आशिष ओझाको ज्यान गएको छ ।

शुक्रवार (हिजो) होली खेलेर नुहाउन गएका दुबै जनाको मोहना नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिनेश ओझा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित फुलवारी गाउँमा परिवार संगै बस्दै आएका थिए ।

त्यस्तै नदीमा डुबेर २ जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आर्दश पूजारा रहेका छन् । घाईते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?