गोकुलेश्वरमा एमालेको तीन महिने अभियानको समिक्षा, मुख्य परिचालन कमिटी गठन

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा नेकपा (एमाले) को तीन महिने वडा केन्द्रीत अभियान मूल कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार (आज) बसेको बैठकमा नगरपालिका भित्रका नौँ वटै वडाहरुको वडा केन्द्रीत जरा अभियानबारे समिक्षा गर्नुका साथै वडा कमिटी अध्यक्ष र सचिवहरुलाई अभियानको रिपोर्टिङ गराएर समस्याहरुको बारेमा छलफल भएको एमाले जिल्ला कमिटी उप–सचिव कर्ण बहादुर खडायतले जानकारी दिनुभयो ।

साथै नगर कमिटी सचिव मनोरथ जोशीलाई चैत्र १५ गतेभित्र सदस्यता नवीकरण शुल्क र नवीकरणको विवरण जम्मा गरी नगर कमिटीको रकम कटाई एकमुष्ट जिल्ला कमिटीलाई बुझाउन जिम्मेवारी दिने निर्णय गरिएको छ । जनप्रतिनिधिले पार्टीलाई बुझाउन बाकी लेबी समेत तत्काल बुझाउने निर्णय भएको छ । जनवर्गिय संगठनहरुको अधिवेशन चैत्र २० गतेभित्र सम्पन्न गर्ने, चैत ५ गतेदेखि सबै वडाहरुमा अभियान अन्तरगत कार्यक्रम गर्ने लगायत निर्णय भएको उप-सचिव खडायतले बताउनुभयो ।

पार्टीको वडा केन्द्रीत अभियानलाई तोकिएको समयमै सम्पन्न गर्न तथा अभियानको प्रतिवेदन तयार पार्न नेता रामदत्त जोशीको संयोजकत्वमा ५ सदस्यीय पालिका स्तरीय मुख्य परिचालन कमिटी गठन गरिएको छ ।

एमाले शैल्यशिखर नगर कमिटी इन्चार्ज विजय सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, प्रदेश कमिटी सदस्य लाल बहादुर विक, जिल्ला कमिटी उप–सचिव कर्ण बहादुर खडायत, जिल्ला कमिटी सदस्यहरू, नगर कमिटीका पदाधिकारीहरु, नौँ वटै वडाका वडा कमिटी अध्यक्षहरु, एमालेबाट निर्वाचित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एवम् उपस्थिति रहेको थियो ।

एमालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत दार्चुलाका नौँ वटै स्थानीय तहका वडा-वडामा विभिन्न भेटघाट, छलफल, अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । शनिबार (आज) मालिकार्जुनमा एमाले पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको उपस्थितिमा कार्यक्रम गरिएको छ । दुहुँको वडा नम्बर ३ र ४ मा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको उपस्थितिमा कार्यक्रम गरिएको छ । लेकममा एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीको उपस्थितिमा कार्यक्रम गरिएको छ । अपिहिमालमा एमाले प्रदेश कमिटी सदस्य प्रेमसिंह धामीको उपस्थितिमा कार्यक्रम गरिएको छ । जिल्लाभरी सहजकर्ताको जिम्मेवारी पाएका नेताहरूको विशेष उपस्थिति र स्थानीय नेता कार्यकर्ताको सहभागीतामा दैनिक कार्यक्रम भइरहेको जिल्ला कमिटी सचिव उमेश राज जोशीले बताउनुभयो ।

एमालेको वडा केन्द्रीत अभियानका मुख्य १० काम 
१. पार्टी सदस्यता सम्बन्धि काम सुव्यबस्थित गर्ने (नवीकरण, बिस्तार, अनलाइन अभिलेखिकरण, प्रशिक्षण र परिचालन) ।

२. कम्तिमा वडा तहसम्म कमिटीका अधिवेशनहरु सम्पन्न गरिसक्ने । सबै टोलमा पार्टी कमिटीहरु बनाउने र सुचारु गर्ने ।

३. संगठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्ने ।

४. प्रायोजित मिथ्या–प्रचारको (साइवर हमलाको) प्रतिवाद गर्ने । भ्रम पार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने ।

५. कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पुर्याउने र जनतामा आशा जगाउने ।

६. जनताका माग–मुद्दा तथा समस्यामा अग्रसरता लिने र आर्थिक–सामाजिक तथा सांस्कृतिक रुपान्तरणलाई तीब्रता दिने ।

७. युवामा पहुँच बढाउन, युवा नेतृत्व बिकासको योजनाबद्ध थालनी गर्ने ।

८. अबको पार्टी काममा डिजिटल माध्यम अपनाउन वडा तहसम्मका पार्टी कमिटीलाई सचेत पार्ने ।

९. जनतासँग जनसंगठन अभियान चलाउने (वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता बिस्तार, प्रशिक्षण, सम्बन्धित समुदायका समस्या समाधानमा अग्रसरता) लिने ।

१०. वडा तहसम्म पार्टी कार्यालयहरु सुव्यबस्थित गर्ने ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?