दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा न्यायिक निरूपण सम्बन्धि दुई दिने तालिम सञ्चालन भएको छ । मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीको अध्यक्षतामा आयोजित तालिममा गाउँपालिका अध्यक्ष हिरासिंह धामीको प्रमुख आतिथ्यता रहेको छ । जिल्ला न्यायाधीश पुष्पराज पाण्डेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिका उपप्रमुख तथा लेकम, मार्मा, व्याँस र दुहुँ गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजकहरूको आतिथ्यता रहेको छ ।
तालिममा मालिकार्जुन गाउँपालिकाको न्यायिक समिति पदाधिकारी, कार्यपालिका सदस्य, मेलमेलापकर्ता, शाखा प्रमुख लगायतको सहभागीता रहेको छ। स्थानीय तहमा न्यायिक निरूपण सम्बन्धि असल अभ्यास तथा अन्तरपालिका अनुभव आदानप्रदान र न्याय निरूपण सम्बन्धि प्रशिक्षण भइरहेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।
तालिममा स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष तथा न्यायिक समिति संयोजकहरूले आफ्नो पालिकामा परेका उजुरी, न्याय निरूपणको अभ्यास र जटिलता तथा योजनाहरूबारे अनुभव आदानप्रदान गरेका छन् । पालिकाहरूको न्यायिक समितिका असल अभ्यास आदानप्रदानका साथै सबै स्थानीय तहमा न्याय निरूपणमा एकरूपता ल्याउने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

आइतबार सुरू भएको तालिम सोमबार (भोलि) सम्पन्न हुने मालिकार्जुन गाउँपालिकाका सहायक सूचना अधिकारी लोकेन्द्र सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया