दार्चुलामा असिनापानी, खेतीपाती र तरकारीमा क्षती

दार्चुला । दार्चुलामा विभिन्न स्थानमा हावाहुरी सहित असिनापानी परेको छ । जिल्लाको लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका उच्च भेगमा परेको असिनापानीले खेतिपाती, तरकारी र फलफुलमा क्षती पुर्याएको खबरहरु प्राप्त भएका छन् ।

शैल्यशिखरको वडा नम्बर ७ बोहरीगाउँमा परेको असिनापानीले हिउँदे खेती, तरकारी तथा फलफुलहरुमा क्षती पुर्याएको स्थानीय शिक्षक दामोदर जोशीले जानकारी दिनुभयो । त्यस्तै असिनापानीले वडा नम्बर ६ को मिलमिली, लेकमको वडा नम्बर ५ पिर्तोली, राताकाठा, मालिकार्जुनको वडा नम्बर २ न्वालपानी, वडा नम्बर ३ को मालिकार्जुन लगायत जिल्लाका उच्च भेगमा असिनापानीले खेतिपाती, तरकारी र फलफुलमा क्षती पुर्याएको छ ।

तीनदिनदेखी मैसममा आएको परिर्वतन सगै दार्चुलामा असिनापानी परेको हो । हिमाली क्षेत्रमा हिमपात र जिल्ला सदरमुकाम खलंगासहित विभिन्न क्षेत्रमा वर्षा भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?