दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका ६४ वर्षीय नर बहादुर ठगुन्नाको सोमवार (हिजो) भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका ठगुन्नाको स्थानीय भैषेमेला भीरबाट लडेर ज्यान गएको बताइएको छ ।
बाख्रा चराउन गएका ठगुन्ना अबेर रातीसम्म घर नर्फिएपछि स्थानीयहरुले खोजी गदैँ गर्दा मंगलवार (आज) विहान मृत्त अवस्थामा फेला परेको बताइएको छ । मृत्तक ठगुन्नाको घरमा उनकी श्रीमती,तीन छोरा, तीन छोरी रहेको बताइएको छ ।





प्रतिक्रिया