दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाईते

दार्चुला । दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते हुनुभएको छ ।

महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका वडा नम्बर १ बेतमा गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेको दलिसिंह खत्रीले चलाएको सु.प.प्र.०१००१ ज १५८३ नम्बरको जीपले विपरित दिशाबाट आउदै गरेको  मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का ६७ वर्षीय दुर्गासिंह सामन्तले चलाएको लु ३७ प १८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सामन्त घाईते भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाईकल चालक सामन्तको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला पठाइएको छ । त्यस्तै जीप चालक खत्री र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?