दार्चुलाको छापरीबाट चरेससहित ४६ बर्षीया महिला पक्राउ

दार्चुला । दार्चुलाको छापरीबाट प्रहरीले एक महिलालाई लागुऔषध रेशसहित प्रक्राउ गरेको छ।

मंगलबार साँझ सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर १ छापरीबाट सोही ठाउँ बस्ने ४६ बर्षीया जानकी  कार्कीलाई १ सय ३६ ग्राम लागु औषध चरेससहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

छापरीमा कार्कीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १ सय ३६ ग्राम लागुऔषध चरेस फेला परेको उहाँले बताउनुभयो। कार्कीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?