गणतन्त्रको पक्षमा एमालले चैत ११ गते देशभर सचेतना कार्यक्रम गर्ने

दार्चुला । नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रको पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पोखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै कार्यक्रमबारे जानकारी गराउनुभयो ।

यस्तै एमालले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गर्ने तथा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने कार्यक्रम रहेको महासचिव पोख्रेलले बताउनुभयो ।

यसैगरी चैत २४ गतेदेखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने एमालेको कार्यक्रम छ । महासचिव पोखरेलले कार्यक्रमलाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?