सुदूरपश्चिम पर्यटन, व्यापार मेला तथा दार्चुला महोत्सवको तयारी तीव्र

दार्चुला । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव-२०८१ को तयारी तीव्र रुपमा भइरहेको छ ।

चैत्र १५ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तिब्र तयारी भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापाले बताउनुभयो । जिल्ला सदरमुकाम खंलगामा सञ्चालन हुने महोत्सवको लागी अहिले स्टल लगायत मञ्च निर्माणको सामान महोत्सव सञ्चालन स्थालमा आइसकेको उहाँले बताउनुभयो ।

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । को को कलाकारहरु आउछन भन्ने कुरा शनिबार सम्म निश्चित भई सक्ने अध्यक्ष थापाले बताउनुभयो ।

महोत्सवमा स्थानीय कला संस्कृति, प्रद्धर्शनीका साथै कृषि मेला समेत सञ्चालन गरिने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?