दार्चुला महोत्सवलाई व्यवस्थित मर्यादित र पर्यटनमैत्री बनाउन नेविसंघको अनुरोध

दार्चुला । चैत १५ गते देखी २५ गते सम्म जिल्ला सदरमुकाम खलंगामा संचालन हुने दार्चुला महोत्सवमा मनोरञ्जनका नाममा प्रर्दशन गरिने विकृति, विसङ्गति र अश्लिलतालाइ पुर्णरुपमा बन्देज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उद्योग वाणिज्य संघलाई अनुरोध पत्र बुझाएको छ ।

सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव–२०८१ आयोजक दार्चुला उद्योग वाणिज्य संघलाई अनुरोध पत्र बुझाउदै महोत्सवलाई सभ्य, भव्य, व्यवस्थित पर्यटनमैत्री र मर्यादित बनाउन तथा महोत्सवमा देखिन सक्ने विकृति,विसंगति न्यूनीकरण गर्न नेविसंघले माग गरेको हो ।

नेविसंघले महोत्सवस्थलमा पर्याप्त स्वच्छ खानेपानीको आपुर्ति र व्यवस्थित शौचालयको व्यवस्थापन हुनुपर्ने, प्रवेश शुल्कमा विद्यार्थी र अशक्त ( क र ख वर्ग) नागरिकहरुका लागि ५० प्रतिशत छुट तथा जेष्ठ नागरिक र १० वर्षमुनिका बालबालिकाको लागि प्रवेश निशुल्क गर्न, बालबालिकामा पर्ने मनोवैज्ञानिक प्रभावलाई मध्यनजर गरी महोत्सव स्थलमा मदिराजन्य पदार्थको विज्ञापन नगर्न र मदिरा, सुर्तिजन्य पदार्थ, लागुऔषध दुव्र्यसन तथा विभिन्न किसिमका सामाजिक विकृतिका विरुद्ध जनचेतना फैलाउन टेवा पुग्ने खालका विज्ञापन हुने व्यवस्थापन गर्न अनुरोध पत्र बुझाएको नेविसंघका उपाध्यक्ष भुपेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

यस्तै महोत्सवस्थल सुरक्षित बनाउन तथा शान्ति कायम गर्न लागु औषध तथा मदिरा सेवन गरेका व्यक्तिहरुलाई प्रवेश निषेधको व्यवस्था गर्न, स्थानीय कला, संस्कृति, भेषभुषा, रितिरिवाजको प्रचारप्रसारमा टेवा पुगाउने स्थानीय कलाकार तथा दार्चुलाबाट राष्ट्रिय कलाकारको रुपमा परिचित कलाकारहरुलाई प्रस्तुतिमा उचित स्थान दिन, महोत्सव व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति तथा सामग्रीहरु स्थानीय स्तरमा उपलब्ध भएसम्म स्थानीयस्तर बाटै व्यवस्थापन गर्न, हार जित हुने जुवाजन्य खेलहरु पुर्णतया निषेध गर्न, सम्भावित दुर्घटनाबाट बच्न बचाउन प्राथमिक उपचार कक्षको व्यवस्थापन गर्न माग सहित अनुरोध गरिएको छ ।

यसैगरी स्थानीयस्तरको पहिचान, संस्कृति, उत्पादन तथा पर्यटन पर्वद्धन हुने र स्थानीय उत्पादनको बजारीकरण हुने गरी जिल्लाक नौ वटै स्थानीयतहहरुका लागि छुट्टाछुट्टै स्टलहरुको व्यवस्थापन गर्न तथा सुपथ मुल्यमा स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराउन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापालाई अनुरोध पत्र बुझाएको उहाँले बताउनुभयो ।

पत्र बुझदै अध्यक्ष थापाले सान्दर्भिक सुझाव आएको बताउदै सो मागहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?