दार्चुलाको अपिहिमालमा एकीकृत घुम्ती शिविर जारी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका चैत्र ३ गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविर जारी रहेको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु टोलस्तरबाटै दिने उद्धेश्यले सञ्चालन गरिएको घुम्ती शिविर गाउँपालिकाका ६ वटै वडाहरुमा चैत्र २४ गतेसम्म सञ्चालन गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।

हालसम्म वडा नम्बर ३ का टोलहरुमा शिविर सम्पन्न भइ अहिले वडा नम्बर ६ का बस्तीहरुमा शिविर सञ्चालनमा रहेको गाउँपालिकाका सूचना अधिकारी पान सिंह ठगुन्नाले जानकारी दिनुभयो । जसअनुसार हालसम्म वडा नम्बर ३ र ६ का ३९६ जना महिला र १९० जना पुरुष गरी कुल ५८६ जनाले टोलस्तरबाटै सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

वडा नम्बर ३ का विभिन्न टोलहरुमा ३ गतेदेखी ६ गतेसम्म सञ्चालन भएको शिविरमार्फत २०८ जना महिला र ९९ जना पुरुष ६ गतेदेखि वडा नम्बर ६ का टोलहरुमा १८७ जना महिला र ९३ जना पुरुष गरी जम्म ५८६ जनाले सेवा लिएको बताइएको छ । शनिवार (आज) पनी वडा नम्बर ६ मा शिविर जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?