दार्चुला । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । उद्योग वाणिज्य संघको आयोजनामा चैत्र १५ गते देखि १० दिन सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले बताउनुभयो ।
“अपिनाम्पा, मालिकार्जुन,चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन, कला, संस्कृति, संरक्षण र प्रबर्धन हाम्रो अभियान” भन्ने मुल नारासहित यहि चैत्र १५ गते देखि २५ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको थापाले बताउनुभयो ।
“अहिले महोत्सवमा आउने कलाकारहरुको टुङ्गो लगाईएको छ । स्टल व्यवस्थापन लगायतका कामहरु पनि तीव्र रुपमा भइरहेको छ” अध्यक्ष थापाले भन्नुभयो ।
महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहने पनि उहाँले बताउनुभयो ।
महोत्सवमा चर्चित लोक तथा दोहोरी गायत बद्री पंगेनी, गायक नरेन्द्र राज रेग्मी, उमाशंकर जोशी, लाल बहादुर धामी, चक्र बम, गायिका रेखा जोशी, इब्सल सन्ज्याल, एलिना चौहान, मोडेल तथा गायिका ज्योति मगर, गायक टंक वि.सी., विक्रम चौधरी, कमल वि.सी. गणेश ओेझा, सुमन परियार, समिर परियार, कुसेन्द्र परियार, सुनिल नेपाली आउने वाणिज्य संघ दार्चुलाका अध्यक्ष थापाले बताउनुभयो ।
मोडेलहरुमा आरती शाह, अनु खड्का, कोपिला सिंह, बबिता धिताल, मनु भट्ट र पुष्पा बोहरा र हास्य कलाकारहरु अछामी रेखा र प्रेम पौडेलको पनि सहभागीता रहने उहाँले बताउनुभयो । त्यस्तै गायक तथा उद्घोषक कृष्ण धामी, उद्घोषक प्रेम बोगटी, गुणाकर पनेरु, उद्घोषिका अनिता धामीको सहभागीता रहने छ । साथै महोत्सवमा स्थानीय कलाकाहरुको पनि प्रस्तुती रहने उहाँले बताउनुभयो ।
महोत्सवमा जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरु नै पर्यटकहरु लोभ्याउने मुख्य आकर्षक भएकाले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहनु भएका उद्योग वाणिज्य संघका अध्यक्ष थापाले बताउनुभयो ।
महोत्सव आयोजनाका लागि १ सय १ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवमा १ सय भन्दा बढि स्टल राखिने आयोजकले जनाएको छ ।
महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न उद्योग वाणिज्य संघले जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक छलफल गोष्ठी बैठक समेत आयोजना गरिसकेको छ ।





प्रतिक्रिया