दार्चुलामा जीपबाट खसेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीपबाट खसेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ को दत्तु थापला स्थित भित्रि सडकमा मंगलवार (हिजो) सुपप्र ०४ ००१ ज ००९६ नम्बरको जीपबाट खसेर मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवती बस्ने अन्ताजी ३९ वर्षीय विक्रम सिंह सामन्तको बुधवार (आज) बिहान उपचारका क्रममा पिथौडागढमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुडिरहेको जीपको बिचको ढोका एक्कासी खुल्दा लडेर सामन्तको ज्यान गएको हो । जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?