दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले निर्वाचन आचारसहितको पुर्ण पालना गर्न निर्देशन गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तरगत दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस खंलगा र गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसहितको पुर्ण पालना गर्न अनुरोध सहित निर्देशन दिईएको अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो ।
अनेरास्ववियुले चैत्र १२ गते हिजो एक सार्वजनिक सूचना प्रकाशन गर्दै आचारसहितको पुर्ण पालना गर्न सूचित गरेको हो ।
अनेरास्ववियु दार्चुलाले निर्वाचन आचारसंहिता सम्बन्धि जारी गरेको सूचना ।






प्रतिक्रिया