एमाले दार्चुलाले चैत्र १८ गते खंलगामा विशाल जनसभाको आयोजना गर्ने

दार्चुला । एमाले दार्चुलाले चैत्र १८ गते विशाल जनसभा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जिल्ला सदरमुकाम खंलगामा विशाल जनसभाको आयोजना गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । जनआन्दोलनबाट ल्याइएको गणतन्त्र नै नेपालको हकमा उत्तम भएको र पछिल्लो समय देशमा एक समुहले राजाको सर्मथनमा फैलाइरहेको हल्लाका विरोध स्वरुप जिल्लासदरमुकाम खंलगामा विशाल जनसभाको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्लावासी आम बुद्धिजीवि, प्रगतिशील लोकतन्त्र प्रति विश्वास राख्ने दार्चुलावासी जनसमुदायलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?