दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ गोगना बिराली क्षेत्रमा जंगली जनावर बँदेलले गहुँ बालीमा नोक्सान पुर्याएको छ ।
जंगली बदेलको बथानले गोगना बिराली क्षेत्रमा पाक्ने लागेको गहुँबाली र केराउ खेतीमा ब्यापक क्षती पुर्याएको स्थानीय चन्द्र देब बिष्टले जानकारी दिनुभयो । विगत तीन साता यता गोगना बिराली क्षेत्रमा जंगली बँदेलको बथाननै पसेर गहुँ तथा केराउ खेती सखाप पारेको उहाँले बताउनुभयो ।
आधा वर्ष मेहेनत गरेर पाक्ने लागेको हिउँदे बाली जंगली बँदेलले सखाप पारेपछि भोकमरीको चिन्ताले सताएको कृषकहरुको भनाई छ ।





प्रतिक्रिया