मालिकार्जुन गाउँपालिकामा ५० दिने सीप विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कार्यस्थलमा आधारित ५० दिने सीप विकास तालिम बिहिवार (हिजो) सम्पन्न भएको छ ।

आर्थिक र ट्रेश नेपाल धनगढीको प्राविधिक सहयोगमा माघ २० गतेबाट सुरु भएको सीप विकास तालिम वडा नम्बर १ र २ मा सम्पन्न भएको मालिकार्जुन गाउँपालिकाका रोजगार सहायक राम सिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सञ्चालन भइरहेको तालिममा वडा नम्बर १ का २४ जनालाई डकर्मी र वडा नम्बर २ का १६ जनालाई पोलम्बीङ तालिम दिइएको उहाँले बताउनुभयो ।

जम्मा ४० जनाको सहभागिता रहेको कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम ५० दिन सम्म सञ्चालन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको छ । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, वडा अध्यक्षहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सिपमुलक तालिम प्रदान गरि गाउँपालिकामा दक्ष जनशक्ति उत्पादन गर्ने र गाउँपालिकामा भएको बेरोजगारी समस्यालाई केही हद सम्म कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?