दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा क्षयरोग खोजपड्ताल शिविर सम्पन्न भएको छ ।
नौगाड गाउँपालिकाको आयोजनामा सिप्टी स्वास्थ्य चौकीमा बिहिवार (हिजो) १८ जना शकाष्पद व्यक्तिहरुको नमूना परीक्षण गरिएको सिप्टी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक दिनेश कुमार भण्डारीले जानकारी दिनुभयो ।
परीक्षण गरिएकामध्ये कसैमा पनी क्षयरोगको सक्रमण नदेखिएको उहाँले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिप्टी स्वास्थ्य चौकीले क्षयरोगका शंकाष्पद व्यक्तिहरुको नमूना परीक्षण गरेको थियो । चालु आर्थिक वर्षको साउन देखि फागनु मसान्तसम्म नौगाड गाउँपालिकामा मात्रै ९ जना क्षयरोगी फेला परेका छन । गत वर्ष दार्चुला जिल्लाभरी १४८ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला भरि अहिले ६२ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशूल्क औषधी उपचार सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो । दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म क्षयरोगीको संख्या ९९ जना पुगेको छ ।





प्रतिक्रिया