बैतडीमा अप्टिकल फाइबरमा समस्या हुदा दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध

दार्चुला । बैतडीमा अप्टिकल फाइबर अबरुद्ध हुदा दार्चुलामा इन्टरनेट तथा नेटर्वकको समस्या भएको छ ।

शनिवार (आज) बिहान ११ बजेबाट बैतडीमा अप्टिकल फाइबर अबरुद्ध हुदा दार्चुलामा इन्टरनेट तथा नेटर्वकको समस्या देखिएको हो । बैतडीमा अप्टिकल फाइबर लाईनमा समस्या देखिएपछि दार्चुलामा एनटिसी नेटर्वकमा समस्या भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबरुद्ध अप्टिकल फाइबरलाई सूचारु गर्ने काम भइरहेको र आइतवार (भोली) बिहानसम्म समस्या समाधान हुने बताइएको छ । नेटर्वकमा समस्या हुदा फोन गर्न तथा इन्टरनेट चलाउन समस्या भएको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?