दार्चुला । यहि चैत्र २७ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको स्ववियु अध्यक्षको उमेदवार दिपक अवस्थीलाई बनाउने निर्णय गरेको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्ट,प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुको उपस्थितिमा दार्चुला घर भएका अवस्थीलाई स्ववियु अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट घर भई हाल सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा अध्ययनरत अवस्थी हाल अनेरास्ववियु कंचनपुर जिल्ला कमिटी सहसचिव तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईन्चार्ज समेत हुनुहुन्छ ।
विश्वविद्यालय केन्द्रिय क्याम्पसमा विद्यार्थीहरु माझ लोकप्रिय मानिएका अवस्थीले पछिल्लो समय आफ्नै नेतृत्व र पहलमा विश्वविद्यालयमा प्रशासन सुधारका विभिन्न कामहरु गरेको,विद्यार्थीहरुका थुप्रै समस्या आफैले पहल गरि समाधान गरेका र विद्यार्थीहरुकै ईच्छा र सल्लाह अनुसार उमेदवारी दिएकाले अवस्थीको जित निश्चित रहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन ।
उम्मेद्वारी घोषणा पछि संक्षिप्त प्रतिक्रिया दिदै अवस्थीले आगामी दिनहरुमा स्ववियु मार्फत विद्यार्थीहरुको समस्या फास्ट ट्र्याक मार्फत समाधान गर्ने,स्ववियु कोषलाई पारदर्शी बनाउने,आफ्नो कार्यकालमा विद्यार्थीहरुका समस्या र गुनासाहरु प्रति स्ववियुलाई पुर्ण रुपमा जवाफदेहि तथा उत्तरदायि बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
दीपक राज अवस्थी अध्यक्षको उम्मेदवार रहेको प्यानलबाट सचिवमा अशोक कुँवर र कोषाध्यक्षमा पुष्पा विष्ट उमेदवार रहेका छन ।





प्रतिक्रिया