दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा दोस्रो चरणको एकीकृत घुम्ती शिविर सुरु भएको छ ।
चैत्र १९ गते हिजो वडा नम्बर ३ को तल्लो बस्तीमा शिविर सुरु भएको छ । जसअन्तरगत वडा नम्बर ३ को थुम्ती,सम्भाड,खिर्सा बस्तीका ७० जना महिला र ४५ जना पुरुष गरी कुल ११५ जनालाइ सेवा दिइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकेरे बोहराले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य चेकजाँच तथा औषधी बितरण, पशु सेवा तथा परार्मश, आयुर्वेद सेवा, पशुचौपायामा लागने रोगहरु नियन्त्रण तथा परर्मश दिइएको छ ।त्यस्तै अध्यक्ष ज्येष्ठ नागरिक अन्र्तरगत २९ जना जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
यस्तै आज वडा नम्बर ३ कै झुस्कु चौड सामुदायिक भवन र अम्पाङ टोलमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । यसअघि चैत्र ३ गतेबाट सुरु भएको पहिलो चरणको घुम्ती शिविर १२ सय वढीलाई सेवा दिदै १४ गते सम्पन्न भएको थियो ।





प्रतिक्रिया