सडक दुर्घटना न्युनिकरणका लागि ‘ट्रयाक्टर बहस’ कार्यक्रम सञ्चालन

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुर्घटना न्युनिकरणका लागि ‘ट्याक्टर बहस’ कार्यक्रमको सुरू गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीद्धारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाको लागि संचालित नव प्रर्वतनिय कार्य अन्तर्गत यो कार्यक्रम सुरू भएको हो ।

बिहिवार शैल्यशिखर  नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा जिल्लामा ट्याक्टर व्यवसायी गरिरहेका ट्याक्टर धनी र चालकहरूको उपस्थितिमा कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दुर्घटनाबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा ट्याक्टर धनी र चालकलाई प्रशिक्षणात्मक जानकारी दिनुभएको थियो ।

प्रहरी प्रमुख प्रकाश दहालको अध्यक्षतामा भएको कार्यक्रममा शेैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ नाम दिएर सडक दुर्घटना न्युनिकरण गर्न लागिएको कार्यक्रममा जनप्रतिनिधि, ट्रयाक्टर चालकहरु र ट्रयाक्टर धनीहरु लगायत अन्य सर्वसाधारण गरी ७४ जनाको उपस्थितमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?