दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित मालिकार्जुन अस्पताल प्राली र गेटा आँखा अस्पताल कैलाली शाखा गोकुलेश्वर आँखा उपचार केन्द्र गोकुलेश्वरको सहकार्यमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको  निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिवार (आज) इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क रुपमा  नाक, कान, आँखा जाँच गरिनुका साथै निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि बितरण गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी हवल्दार नारायण जैशीले बताउनुभएको छ ।

मालिकार्जुन अस्पतालले यसअधि चैत्र १५ गते नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालयमा आगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य सम्बन्धि सचेतना र उपचारमार्फत समाजलाई सबल र सक्षम तथा निरोगी बनाउने उद्धेश्यले शिविर सञ्चालन गरिएको मालिकार्जुन अस्पतालका म्यानेजर राम दत्त बिष्टले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निःशुल्क शिविर सञ्चालन गरिदिएकोमा मालिकार्जुन अस्पताल र गेटा आँखा अस्पताल कैलाली शाखा गोकुलेश्वर आँखा उपचार केन्द्र गोकुलेश्वरलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?