अपिहिमालमा एकीकृत घुम्ती शिविरबाट १७ सय बढी नागरिकले सेवा लिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट १ हजार ७ सय ४४ जनाले टोलस्तरबाटै सेवा लिएका छन् ।

चैत्र ३ गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविर चैत्र २२ गते गाउँपालिकाभरीका ६ वटै वडाहरुमा १ हजार १ सय ६१ म्हिला र ५ सय ८३ जना पुरुष गरी कुल १ हजार ७ सय ४४ जनालाई सेवा दिदै सम्पन्न भएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।

जसअनुसार वडा नम्बर १ मा ८७ जना महिला र ४६ पुरुष गरी १ सय ३३ जनाले सेवा लिएका छन् । त्यस्तै वडा नम्बर २ मा २ सय ७७ जना महिला र ९७ पुरुष गरी ३ सय २४ जना, वडा नम्बर ३ मा ३ सय ३३ जना महिला र १ सय ८३ जना पुरुष गरि ५ सय १६ जनाले सेवा लिएका छन् ।

वडा नम्बर ४ मा २ सय २६ महिला र ७६ जना पुरुष गरी ३ सय २ जना, वडा नम्बर ५ मा १ सय २१ जना महिला र ४८ जना पुरुष गरी १ सय ६१ जना तथा वडा नम्बर ६ मा १ सय ६७ जना महिला र १ सय ३३ जना पुरुष गरी ३ सय जनाले सेवा लिएको बताइएको छ ।

शिविर सञ्चालनमा सहयोग गर्नुहुने पालिकाका शाखागत कर्मचारीहरु, वडा अध्यक्षहरु,जनप्रतिनिधि तथा स्थानीयहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?